Quantcast
Channel: Hamro News

भारतले पाकिस्तान जाने ३ वटा नदी बन्द गर्ने घोषणा (फोटो फिचर)

$
0
0

भारतले पुलवामामा भएको आतंवादी गतिविधिका कारण भारतबाट पाकिस्तान बग्ने ३ वटा नदी बन्द गर्ने घोषणा गरेको छ । यस खबरको जानकारी बिहिबार भारतका केन्द्रिय मन्त्री नीतीन गडकरीले दिएका हुँन् ।

पाकिस्तानलाई सिन्धुजल सम्झौता अन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको पानी उपलब्ध गराउँदै आएको हो ।

satluj-river

rabi-river

beas-river

केन्द्रिय मन्त्री नीतीनले उक्त नदीको पानी अब भारतको पञ्जाब र जम्मु कश्मीरको नदीमा प्रवाह गर्ने स्पष्ट पारेका छन् ।

भारतले लिएको यो निर्णयको लागी जम्मु कश्मीरको शाहपुर–काँडी रवी नदीमा परियोजनाको काम सुरु भइसकेको केन्द्रिय मन्त्री नीतीनले बताएका छन् । यस परियोजनाको मद्दतमा कश्मीरमा रावी नदीको पानी संकलन गरि अन्य राज्यमा प्रवाहित गरिने मन्त्री गडकरीको कथन छ ।

मन्त्री गडकरीले यसअघि मंगलवार बागपतको एक कार्यक्रममा “देश विभाजन पछि भारत र पाकिस्तानले ३–३ वटा नदीको पानी प्रयोग गर्ने सहमति भएको थियो” भनेका थिए ।

यो सम्झौताअन्तर्गत भारतको भागमा आएका तीनवटा नदीको पानी पाकिस्तानतर्फ गइरहेको थियो। अब तीनवटै नदीमा परियोजना चालू गरेको र त्यहाँ जम्मा भएको पानी पञ्जाब र जम्मु कश्मीरका बासिन्दालाई उपलब्ध गराइने उनले जानकारी दिए। यसबाट यमुना नदीमा पानीको मात्रा पनि बढ्ने उनको कथन छ।

पुलवामा आक्रमणपछि भारतीय नागरिकले पाकिस्तानलाई सबक सिकाउनुपर्ने माग गर्दै आएका छन्। यस्तो बेला गडकरीले पाकिस्तान जाने नदी बन्द गर्ने घोषणा गरेका छन्।

भारत र पाकिस्तानबीच सन् १९६० मा सिन्धु जल सम्झौता भएको थियो। सम्झौतामा पूर्वतर्फ बग्ने नदी व्यास, रावी र सतलजका लागि भएको थियो। उक्त सम्झौताअन्तर्गत भारतले ३.३ करोड एकड फिट पानी पाउँछ भने पाकिस्तानले ८० करोड एकड फिट पानी पाउँछ। यसबाट भारतले भन्दा पाकिस्तानले निकै बढी पानी पाउँछ।

पाकिस्तानले यसअघि पनि भारतीय प्रधानमन्त्री मोदी द्धारा पानी रोक्ने चेताउनी पाइसकेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले उरी आक्रमण पछि पानी र रगत सँग–सँगै बग्न सक्दैन भनेका थिए ।

The post भारतले पाकिस्तान जाने ३ वटा नदी बन्द गर्ने घोषणा (फोटो फिचर) appeared first on Hamro News.


डीपीएल क्रिकेटमा काठमाण्डौं गोल्डेन्स द्धारा खेल बहिस्कार (भिडियो सहित)

$
0
0

आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो।

काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए। उनले भने, ‘सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन्। मैदानको अवस्था पनि राम्रो छैन। फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन।’

काठमाडौं गोल्डेन्सका म्यानेजर सञ्जय श्रेष्ठ के भन्छन् ?

आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । काठमाडौं गोल्डेन्सका म्यानेजर सञ्जय श्रेष्ठ के भन्छन् ?

Posted by Kantipur Daily on Thursday, February 21, 2019

बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो। काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको छ। यसैमा काठमाडौैंले असन्तुष्टी जनाउन थालेको थियो।

काठमाडौंका म्यानेजर श्रेष्ठले डीपीएल आयोजकले दबासलाई लगाइएको प्रतिबन्ध नसच्याए आगामी दिनमा डीपीएल प्रतियोगितामा नै भाग नलिने धम्की दिएका छन्। उनले दबासलाई प्रतिबन्ध लगाएर आफ्नो टिमप्रति आयोजक एकपक्षीय भएको आरोप लगाए। उनले भने, ‘दबास भारतमा राम्रो खेल खेलिरहेका खेलाडी हुन्। उनले रञ्जित ट्रफी समेत खेलिसकेका छन्। भारतमा चाहिँ उनले गरेको बलिङ शंकास्पद नहुने, यहाँचाहिँ हुने?’

प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेकोथियो। काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए ।

भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए। यस बाहेक १५३ रन पनि बनाएका थिए।

टेक्निकल कमिटीका प्रमुख बुद्धि प्रधान अंकित दबासको बलिङबारे जानकारी दिँदै

टेक्निकल कमिटीका प्रमुख बुद्धि प्रधान अंकित दबासको बलिङबारे जानकारी दिँदै । भिडियोः Hemanta Shrestha

Posted by Kantipur Daily on Friday, February 22, 2019

श्रोतः कान्तिपुर दैनिक

The post डीपीएल क्रिकेटमा काठमाण्डौं गोल्डेन्स द्धारा खेल बहिस्कार (भिडियो सहित) appeared first on Hamro News.

काठमाण्डौं उपत्यकामा पेट्रोल पम्प हटाइदै

$
0
0

काठमाडौँ — सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पलाई हटाउने तयारी गरेको छ । पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो।

काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन्।

त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा५ सदस्यीय टोली गठन गरेको छ। टोलीलाई १५ दिन सहरभित्रका सम्पूर्ण पम्पकोअध्ययन गरी पठाउन कार्यादेश दिएको छ । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी रहेको उनले जानकारी दिए ।

‘चाँडो प्रतिवेदन बुझाउँछौं, सुरक्षा र ट्राफिक व्यवस्थापनका हिसाबले चाँडो हटाउनुपर्ने पेट्रोल पम्पलाई हटाउँछौं’ महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले भने, ‘अब मापदण्डविपरीत सञ्चालनमा नहरेका सबै पेट्रोल पम्पलाई विस्थापित गर्छौं ।’

अधिकांश पेट्रोल पम्प मापदण्डविपरीत रहेको भन्दै उनले त्यसले गर्दा ट्राफिकलाई सवारी व्यवस्थापन गर्न र पैदलयात्रीलाई हिँडन समस्या परेको बताए । सहरको बीचमा पम्प हुँदा आगलागीको समेत जोखिम हुने भएकाले मानवबस्तीभन्दा टाढा राख्न पर्ने उनले बताए । केही पेट्रोल पम्प फुटपाथमै राखिएकाले त्यसबाट पैदलयात्रीलाई हिँडन अप्ठेरो भएको उनले बताए ।

‘सडकमै पम्प राखिएका छन्,’ उनले भने, ‘पेट्रोल भर्दा लाइनमा राखिन्छ, जाम हुन्छ, त्यसकारण हटाउनैपर्छ ।’ अब नयाँ हुने पेट्रोल पम्पमा शौचालय र कफी पसल व्यवस्था हुनुपर्ने उनले बताए । करिब ३५ देखि ४० पेट्रोल पम्पलाई तत्काल नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै उनले त्यसका लागि सबै निकायसँग छलफल गरिने बताए ।

धेरैजसो पम्प आयल निगमको मापदण्डमा समेत नपरेको भन्दै उनले बृहत् रूपमा छलफल गरेर हटाइने बताए । उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक छेउका पेट्रोल पम्पले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए । ‘पेट्रोल भर्ने गाडीका लाइनले सडक अस्तव्यस्त हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरोकारवाला निकायले पहल गर्नैपर्छ, पिक आवरमा एकदमै कठिन हुन्छ ।’

ट्राफिक लाइट नहुँदा समस्या भएको भन्दै उनले सडक छेउका पम्पले झनै कठिन भएको बताए । सडक विभाग ट्राफिक महाशाखा प्रमुख दीप बराहीले २०५४ सालअघि राखिएका पम्प हटाउन कानुनी जटिलता भएको बताए । ०५४ पछि स्थापना भएकाले पम्पलाई हटाउन ग्राहो नभएको भन्दै उनले आयल निगमबाट तथ्यांक संकलन भइरहेको बताए ।

‘२०५४ अघि सवारी संख्या न्यून थियो, त्यसकारण सडक छेउमा पम्प राखिए । अहिले सवारीको संख्या बढ्यो अब जटिलतादेखियो,’ उनले भने, ‘अब सुरक्षा हिसाबलेहटाउनैपर्छ, किनभने मानवबस्तीबाट अलि टाढै राख्नुपर्छ ।’ राजधानीमा १० लाखभन्दा बढी सवारीसाधन भएकाले सहरभित्रका पम्पको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा उल्लेख छ ।

The post काठमाण्डौं उपत्यकामा पेट्रोल पम्प हटाइदै appeared first on Hamro News.

विवादका कारण कांग्रेसको बैठक बस्न सकेन

$
0
0

काठमाडौँ — कांग्रेसमा स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान विधानमा राख्ने/नराख्ने भन्ने विवाद चुलिएपछि बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । साँझ ५ बजेसम्म विवाद मिलाउने प्रयास असफल भएपछि देउवाले स्थगित गरेका हुन् । सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको विधान सहमतिबाटै जारी गर्दा राम्रो हुन्छ भनेर बैठक सारिएको बताए । ‘पार्टीको विधान भएकाले बहुमत र अल्पमतबाट निर्णय नहोस् भन्ने धारणा हो,’ उनले भने, ‘सहमतिका लागि शुक्रबारदेखि अनौपचारिक संवाद थाल्ने कुराकानी भएको छ ।’

यसअघि सहमति खोज्न बैठक लामो अन्तरमा बोलाइएपछि बीचमा दुई पक्षबीच एक पटक पनि संवाद भएको थिएन । संस्थापन पक्ष स्वतः प्रतिनिधि राख्ने प्रावधानलाई निरन्तरता दिने पक्षमा छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने त्यसको विपक्षमा छन् ।

विधानमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान छ भने पूर्वपदाधिकारी र सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सांसद र उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था छ ।

सभापति देउवाले स्वतः प्रतिनिधिको प्रावधान राख्ने व्यवस्थालाई निरन्तरता दिएर केन्द्रीय कार्यसमितिको बहुमतबाटै विधान पारित गर्न खोजेका थिए । पौडेल–सिटौलासहित नेताले बहुमतबाट पारित गरिए फरक मत लेखेर महाधिवेशनमा मुद्दा उठाउने चेतावनी दिएपछि देउवा हच्केका हुन् । सहमतिको थप प्रयास गर्ने भन्दै केन्द्रीय कार्यसमितिको अर्को बैठक फागुन १२ गते बोलाइएको छ । माघ २८ को बैठकमा यस्तै विवाद भएपछि सहमति जुटाउन भन्दै बिहीबारका लागि सारिएको थियो ।

पौडेल र सिटौला महासमिति बैठकको म्यान्डेटअनुसार अघि बढनुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष केन्द्रीय कार्यसमितिमा ८० प्रतिशत सदस्य स्वतः प्रतिनिधिका पक्षमा भएकाले यथावत् राख्ने अडानमा छ ।

देउवा पछि हटेकाले समस्या

जिल्ला सभापतिको अगुवाइमा गत पुसमा सम्पन्न महासमिति बैठकमा स्वतः प्रतिनिधिको प्रावधान हटाउन विधिवत् रूपमा प्रस्ताव दर्ता भएको थियो । यो प्रस्तावमा महासमितिका दुई तिहाइ बढी सदस्यको समर्थन थियो । तल्लो तहका पार्टीका कार्यसमितिले समेत यो प्रावधान हटाउन दबाब दिएका थिए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस ८ मा सम्पन्न महासमिति बैठकमा केन्द्रीय कार्यसमितिबाट स्वतः प्रतिनिधि बन्ने प्रावधान खारेज गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि प्रक्रिया रोकिएको थियो । केन्द्रीय कार्यसमितिमा महासमितिको म्यान्डेटअनुसार स्वतः प्रतिनिधिको प्रावधान हटाउन र समानुपातिक तथा समावेशी कोटा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्न संस्थापनइतर समूहको शीर्ष नेतृत्व सुरुमै लागेको थियो ।

केन्द्रीय कार्यसमितिका बहुमत सदस्यको दबाबमा सभापति देउवा प्रतिबद्धताबाट पछि हटेपछि समस्या उठेको हो । संस्थापन पक्षीय सदस्यले आफूहरूलाई तलैबाट हराउने योजनासाथ यस्तो प्रस्ताव आएको भन्दै स्वतः प्रतिनिधिको व्यवस्था यथावत् राख्न देउवालाई दबाब दिइरहेका छन् ।

‘पार्टीका तल्ला कमिटीबाट निरन्तर उठिरहेको, महासमिति बैठकमा पनि अत्यधिक बहमुत सदस्यले उठाएका मुद्दा र विरोधमा आवाज नउठेको, सभापति र वरिष्ठ नेताले प्रतिबद्धता जनाएकाले स्वतः प्रतिनिधिको प्रावधान हटाउनुपर्छ भन्ने हाम्रो अडान हो,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने ।

यो खबर आजको कान्तिपुर दैनिकमा उल्लेख छ ।

The post विवादका कारण कांग्रेसको बैठक बस्न सकेन appeared first on Hamro News.

निर्माणाधीन वीर अस्पतालको भवनको अस्थायी लिफ्टको तार चुँडिदा २ जनाको मृत्यु

$
0
0

२ जनाको निर्माणाधीन वीर अस्पतालको भवनको लिफ्टको तार चुँडिएर मृत्यु भएको छ ।

सप्तरीका नवीनकुमार चौधरी र भूमिकुमार चौधरीको उक्त दुर्घटनामा मृत्यु भएको जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता एसएसपी पुजा सिंहले दिनुभएको छ ।

सोहि दुर्घटनामा परि सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते भएकी छिन् र उनको उपचार हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उक्त दुर्घटना गए राति वीर अस्पतालको निर्माणाधीन भवनमा निर्माण सामाग्री माथि लैजान बनाइएको लिफ्टको तार चुँडिएर भएको बताइएको छ ।

The post निर्माणाधीन वीर अस्पतालको भवनको अस्थायी लिफ्टको तार चुँडिदा २ जनाको मृत्यु appeared first on Hamro News.

सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्दै

$
0
0

फाल्गुन १०, काठमाण्डौं – सन्दिप लामिछाने पाकिस्तान सपर लिगमा लाहोर कलन्दर्सबाट पहिलो खेल खेलिरहेका छन् ।
सन्दिपको टिम लाहोर कलन्दर्सले मुलतान सुल्तान्स सँगको खेलमा टस जितेर फिल्डिङ गरिरहेको छ ।

हालै सन्दिप लामिछाने अष्ट्रिेलियाको बिग ब्यास क्रिकेट लिग सकेर पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान गएका हुँन् ।

लाहोर कलन्दर्सले यस अघिको ३ वटा खेल मध्य १ वटा खेल मात्र जितेको छ ।

सन्दिप लामिछानेको टीम लाहोर कलन्दर्स प्लेइङ ११ मा सन्दिप लगाएत फकर जमान, सल्मान बट, एबीडी भिलियर्स, सोहिल अख्तर, सल्मान आगा, ब्रेन्डन टेलर, डेभिड वाइस, साहिन शाह अफ्रिदि, हरिस रौफ र राहत अलि रहेका छन् ।

The post सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्दै appeared first on Hamro News.

Viral Australia Kanda Video 2020

$
0
0

A new kanda that is Sydney Australia Kanda is going viral all over Nepalese social media at this moment. Most of you may be puzzled and wonder to know what does this Sydney kanda actually mean to say? Well, this is a true confession where a lady girl from Australia has confessed herself on a True Confession Nepali Page “Nepalese Teenagers Confession”. Have a glimpse over the post.

Watch Australia Kanda Video 2020

Australia Kanda Full Video

Australia Kanda 2020

Australia Kanda Video Download

Australia Kanda Link

Australia Kanda

The post Viral Australia Kanda Video 2020 appeared first on Hamro News.

थाहा पाउनुहोस् भाग्यमानीको हातमा कति ओटा शंख वा चक्र हुन्छ ?

$
0
0

हस्त रेखा जन्मकै क्रममा बन्ने र यीनको प्रभाव जीवनभर रहने बताइन्छ । शास्त्रअनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् । साथै समाजमा प्रतिष्ठित पनि ।

हातमा शंख रेखा हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् । ५ वटै औलामा शंख भएकाहरु विदेश यात्रा हुँने, ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास गरिन्छ ।

८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।

जौको चिन्ह – समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातको औंलामा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।

शंखको चिन्ह – अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।

जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।

चक्र – समुन्द्र शास्त्रमा हस्त रेखामा हातमा हुने चक्रकोबारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।

सूर्य पर्वत –हातको अनामिका औंलाको (चाेरऔंला )फेँदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

शंख र चक्रको फल
शंख हामीले शंखको चिन्ह मुख्यतया तीन प्रकारका भेट्न सकिन्छ ।

जस्तैः-
१)बाँया तर्फ घुमेको शंख
२)दाँया तर्फ घुमेको शंख
३) मिश्रित प्रकारको शंख बाँया तर्फ घुमेको शंख जुन व्यक्तिको औलामा बाँया घुमेको शंख को चिन्ह छ, त्यस्ता व्यक्तिहरूदाई प्रायः विदेशयात्राको अवसर प्राप्त भई नै रहन्छ र आफ्नो मिहिनेतको बलले समाजमा प्रसिद्धि कमाउँछन् ।

जातकलाई आध्यात्मतर्फ बढी रुचि गराउनुका साथै धर्ममा आस्था र विश्वास रहन्छ । यस प्रकारको शंख महिलाको लागि पनि अत्यन्त शुभदायक र सौ भाग्यकारी मानिन्छ ।
दाँयातर्फ घुमेको शंख दाँया घुमेको शंख भएका व्यक्तिलाई भाग्यशाली, धनवान, ज्ञानी, प्रतिभाशाली र धमात्मा बनाउदछ । मिश्रित प्रकारको शंख दाँया र बाँया तर्फ घुमेको शंखको फल भन्दा लगभग उस्ता उस्तै मान्न सकिन्छ तर मिश्रति प्रकारको शंखको रचना दर्ुइ विभिन्न दिशातर्फ मोडिएको हुन्छ ।

अतः त्यस्तो फल एक स्वतन्त्र शंखको भन्दा भिन्दै प्रकारको हुन्छ । मिश्रति प्रकारको शंख भएका व्यक्तिहरूमा भौतिकता र लालसाको गुण उत्पन्न गराउँछ । यस कारण जातकले प्रत्येक काम पैसाको लालचामा गर्दछ । यसमा बुद्धिको तीव्रतापनि कम हुन्छ । जातकले उच्च स्तरीय गुणको अनुसरण नगरेर विचारद्वारा ग्रसित हुन्छ ।

शंखको औला अनुसार फलः-

१)बुढी औठामा बाँया घुमेको शंख भएमाः- जातकले आफ्नो जीवनकालमा धेरै हानी नोक्सानी र कठिनाईको सामना गर्नुपर्दछ, साथै भावि आउने वाला समस्या र कस्ट द्वारा निराश हुन्छ ।
खं)औठामा दाया घुमेको शंख छ भने :-यस्ता व्यक्तिहरू भाग्यशाली र धनी हुन्छन् ।

२ क)बायाँ घुमेको शंखको चिन्ह तर्जनी औलामा भएमाः-जातकले आफ्ना इस्ट मित्रबाट धन र मान सम्मानको हानि नोक्सानी बेहोर्नु पर्दछ ।
ख) तर्जनी औलामा दाँया घुमेको शंख छ भने :-त्यस्ता व्यत्तिले सामान्य जीवन यापन गर्ने हुन्छन् ।

३) मध्यमा औलाको टुप्पोमा दाँया घुमेको शंख भएमाः- जातकलाई धन पैसाको कुनै कमि हुँदैन र जातक धार्मिक विचारको स्वामी हुन्छ ।

४) अनामिका औलामा दाँया घुमेको शंख भएः- यस्ता व्यक्तिको संचित धन पैसाको नस्ट हुन्छ ।

५) कनिष्ट कान्छी औलाको अग्र भागमा शंख छ भने :जातकले आफ्नो व्यापार व्यवसायद्वारा धेरै धन पैसा कमाउछ ।

The post थाहा पाउनुहोस् भाग्यमानीको हातमा कति ओटा शंख वा चक्र हुन्छ ? appeared first on Hamro News.


साबधान ! आइतबार यि काम गर्नुलाई अशुभ मानिन्छ

$
0
0

जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

The post साबधान ! आइतबार यि काम गर्नुलाई अशुभ मानिन्छ appeared first on Hamro News.

भाकल के हो, के भाकल गरेपछि बुझाउनै पर्छ, नबुझाउँदा के हुन्छ जान्न जरुरी छ

$
0
0

हिले भाकल भनेको के हो भन्ने उत्तर तर्फ भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । एक किसिमले भनौभने भाकल भनेको भाका नै हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु अथवा भेटी पैसा नै चढाउँछु भनी कुनै मन्दीरमा या आफ्नो मन मनै गरिने भाका हो ।

भाकल देवी देवतालाई गरीने अत्यन्तै महत्वपूर्ण बाचा हो र यो पुरा गर्नै पर्दछ । किनकी भाकल गर्ने व्यक्तिले यसो गर्छु गर्दिन भनेर बाचा कसम खाएको हुन्छ । देवी देवतालाई गरिने भाकल भनेको एक ग’म्भीर कुरा हो भनी हाम्रो धर्म शास्त्रले बताएको छ ।

धर्मशास्त्रमा भनिएको छ कुनै मानिसले देवीदेवताको निम्ती भाकल गर्छ भने त्यो भाकल कहिले पनि भं’ग गर्न हुदैन । जसको मन बाट जुन कुरा निस्कीएको छ त्यो कुरा पुरा गर्नै पर्दछ ।

भाकल जुन समयमा बुझाउँछु भनेको छ सो समयमा बुझाउनै पर्दछ नत्र देवीदेवता त्यो व्यक्ति सँग प्रसन्न कहिले पनि हुँदैनन भन्ने हाम्रो धर्मशास्त्रमा उल्लेख छ ।

के भाकल गरेपछी भाकल बुझाउनै पर्दछ त ? हो यदी कसैले कुनै कुरा मागी भाकल गर्दछ यसो गरी दिए यति समयमा यस्तो गर्छु भन्ने भाका गर्दछ भने त्यो अवश्य पुर्याउनु पर्दछ ।

यसको बैज्ञानीक कारण यस्तो छ

यदी कसैले भाकल गरे अथवा कुनै कुरा गर्छु भनी भाका गर्दछ त्यो समयमा त्यसले आफुले बोलेको भाका पुरा गर्न सकेन भने उसको शरिरमा भएको आज्ञा चक्रले काम नगरेको भन्ने बुझिन्छ अथवा उ कुनै पनि कुराको निर्णय लिन नसक्ने मान्छे भन्ने बुझिन्छ । उसले कुनै पनि कुरामा अडिक रहन सक्दैन ।

त्यसैले आफुले बोलेको कुरा पुरा गर्न सक्ने मान्छे मात्र जिवनमा अघि बढ्दछ । त्यसैले भाकल (भाका) बोल्दै नबोलौ बोलेको कुरा पुरा गरौं, सत्य मानिसको साथ सबैको आशिर्वाद प्राप्त गर्दछ र त्यस्ता मानिस सँग देवीदेवता पनि प्रशन्न हुन्छन् भन्ने हाम्रो मान्यता छ ।

यदी कसैले भाकल बोलेर पुरा गर्दैन भने उसको भाग्य नै बिग्रिएर जान्छ किनकी हाम्रो जिवनको सात चक्र मध्ये सबै भन्दा महत्वपूर्ण चक्र भनेको आज्ञा चक्र हो । आज्ञा चक्र भनेको हाम्रो सात चक्र मध्येको राजा चक्र हो । जसको आज्ञा चक्रै बिग्रन्छ उसले जिवनमा कहिले पनि उन्नती प्रगती गर्न सक्दैन । त्यसैले आफ्नो आज्ञा चक्र बलियो बनाउने वा कमजोर बनाउने आप्mनै भित्र भएको कुरा हो । त्यसैले आप्mनो आज्ञा चक्र बलियो बनाउनु छ भने आफुले बोलेको भाकल समयमै पुरा गर्नु पर्दछ ।

नबुझाएमा के हुन्छ त ?

यही आज्ञा चक्र कमजोर भएपछि मानिसहरु धेरै कुरा सोच्न थाल्दछ आफुले गरेका कामहरु बिग्रिन थालेपछि उसले आफुले गरेको भाकलहरु सम्झन थाल्दछ र यसो हुँदा उसले भाकल बोलेको देवीदेवता सम्झन थाल्दछ । धरै सोच्दा सोच्दै उसले आफ्नो सपनामा देवी देवताहरु देख्न थाल्दछ र देवी देवताले आप्mनो कामहरु रोके भनी देवी देवतालाई नै गा’ली गर्न थाल्दछ ।

त्यसैले आफुले बोलेको भाकल समयमै पुरा गरी आफ्नो आज्ञा चक्रलाई कमजोर हुन नदिऔं । यहीमै आफ्नो हित हुनेछ ।

! जय श्री राम !

यस्तै,पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन।

The post भाकल के हो, के भाकल गरेपछि बुझाउनै पर्छ, नबुझाउँदा के हुन्छ जान्न जरुरी छ appeared first on Hamro News.